भिडियो सहित हेर्नुहोस !
Advertisement
जातपात र छुवाछुतका कुराहरु दन्त्यकथा बनिसकेको अहिलेको अवस्थामा भारतको राजस्थानस्थित आदिवासी जिल्ला बाँसवाडाको एउटा गाउँमा एक जोडी प्रेमीलाई निर्वस्त्र बनाएर घुमाइएको छ ।कचरु र मोनिका नामका युवक युवती दुई वर्षअघि गुजरातमा मजदुरी गर्ने क्रममा प्रेममा परेका थिए ।फरक फरक जातिका रहेका उनीहरुले भागेर बिहे गरेका थिए । मोनिकाको परिवारले अर्कै केटासँग उनको बिहे गर्ने तयारी गरेपछि कचरुले मोनिकालाई लिएर भागेका थिए । तर परिवारले उनीहरुलाई फर्काए ।अर्कै जातिसँग प्रेम गरेर गाउँको बदनामी गरेकाले पाठ सिकाउन भन्दै परिवार र गाउँबासीले उनीहरुलाई नाङ्गै पारेर घुमाए । केही व्यक्तिहरुले यसको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए, जुन केही बरेमै भाइरल बन्यो ।
प्रहरीसम्म यसको खबर पुग्यो ।घटनामा संलग्न भएको आरोपमा प्रेमी प्रेमिकाका परिवार र आफन्तहरुसहित १८ व्यक्ति पक्राउ परेका छन् ।यो घटनापछि मोनिकालाई अर्कै व्यक्तिसँग विवाह गरिएको छ । पाँच हजार रुपैयाँ केटीका परिवारले लिए र जम्मा ८० हजार रुपैयाँको करार गरिएको छ ।
तर मोनिकाभने कचरुसँगै बस्न चाहन्छिन् । कचरु र मोनिकालाई शुक्रबार मजिस्ट्रेटसामु पेश गरिनेछ, जहाँ धारा १६४ मुताबिक मोनिकाको बयान लिइनेछ । युवकको पक्षबाट सन्तोषजनक बयान आएको खण्डमा युवतीलाई उनले रुचाएकै युवकसँग जाने अनुमति मिल्न सक्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "तल्लाे जातसंग बिवाह गरेकाे भन्दै दुवैलार्इ नाङगेझार बनाएर पुरै गाउ घुमाइयाे"
Post a Comment