म्यानमारमा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सवार १२० जनाको मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २५ जेठ । चालक दलका सदस्यसहित १२० जना सवार म्यानमारको एक सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
म्यानमारको मुख्य सैनिक हवाई अड्डाका अनुसार बुधबार सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्दामन समुद्रमा भेटिएको छ । बीबीसीका अनुसार जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको छ ।


फाइल तस्विर
विमानमा १४ जना चालक दलका सदस्य र १ सय ६ जना सैनिकका आफन्त तथा परिवार सवार थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । म्यानमारको राजधानी रंगुनबाट मेइक शहरका लागि उडेको विमान दुर्घटनामा परेको हो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "म्यानमारमा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सवार १२० जनाको मृत्यु"

Post a Comment