कुवेती अमिर छ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान आशा गरौँ त्यसले राम्रो शन्देश ल्याउने छ ! यस्तो छ पछिल्लो अपडेट अवस्य पढ्नुहोस) र शेर गरी कतार मा भएका नेपाली सामु पुराउनुहोला

भिडियो सहित हेर्नुहोस !
Advertisement


कुवेत, २३ जेठ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ ।

कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ जानुभएको कतारी सांसदहरुले जनाएका छन् ।अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताउनुभयो । “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ ।”

“कुवती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ” संसद जमान अल हर्षबासले बताउनुभयो ।

कतारलाई एक्लाउने अरब राष्ट्रका निर्णयसँग आफ्नो मध्यपूर्वको भ्रमण जोड्ने ट्रम्पको प्रयास
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोड्नुभएको छ ।ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ, “मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहायता नदिइने जनाएको थिएँ, हेर्नुहोस् अरब मुलुकका नेताले यसमा कतारलाई सावधान गराएका छन् ।”

अमेरिकी राष्ट्रपति साउदी अरब र ट्रम्पका मध्यपूर्व भ्रमणको एक महिना नबित्दै छ अरब राष्ट्र र कतारबीच तनाव देखिएको छ । साउदी अरबलगायतका छ मुलुकले कतारविरुद्धको सम्बन्ध विच्छेदको घोषणा गर्दै मुस्लिम मुलुकबीच एकताको खाँचो समेत औल्याएका छन् ।

अमेरिकी सेनाले कतारमा यस क्षेत्रको सैन्य कारबाहीका लागि ठूलो हवाई अड्डा राख्दै आएकोमा यसलाई अब इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध लक्षित गरेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी मुलुकबीच एकता कायम राख्दै समस्या समाधानका लागि काम गर्न आह्वान गर्नुभएको छ । आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले आगामी १४ दिनभित्र आफ्ना नागरिकलाई स्वदेश फर्कनसमेत आग्रह गरेका छन् ।

इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।



सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको थियो । अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरबको आरोप छ ।

कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको थियो ।


छिमेकी अरब राष्ट्रहरूले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएका जनाएको थियो ।कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।

इरानले कतार र अन्य अरब मुलुकवीच देखिएकोे समस्या राजनैतिक वार्ता र शान्तिपूर्वक समाधान गर्न दुवै पक्षवीच सम्वाद गर्न आग्रह गरेको छ । कतार लगायत अन्य अरवमुलुकसँग सुमधुर सम्वन्ध भएको अर्को मुलुक टर्कीले अरव क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न टर्की तत्पर रहेको जनाएको छ ।

पछिल्लो समय देखिएको समस्यालाई सामान्य बनाउन इश्तानबुलले कुनै पनि किसिमको सहयोग गर्ने टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुले सोमबारैसञ्चारमाध्यमसँगको कुराकानीमा बताउनु भएको थियो
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कुवेती अमिर छ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान आशा गरौँ त्यसले राम्रो शन्देश ल्याउने छ ! यस्तो छ पछिल्लो अपडेट अवस्य पढ्नुहोस) र शेर गरी कतार मा भएका नेपाली सामु पुराउनुहोला"

Post a Comment