भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौ । सरकारले जथाभावी भाडा लिने सवारी साधनलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जथाभावी भाडा असुल गर्ने सवारी साधनको पहिचान गरी कडा कारवाही गर्ने चेतावनी दिएको हो ।
विभागमा महानिर्देशक कुमारप्रसाद दाहालले बजारको अनुगमनको क्रममा जथाभावी भाडा असुल हुने गरेको पाइएको उल्लेख गर्दै त्यस्ता सवारी साधनलाई कडा कारवाही गर्ने चेतावनी दिए ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले मासु पसलहरुले गुणस्तरहिन मासु विक्री गरेर उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गरेको उल्लेख गर्दै त्यस्ता मासु पसलहरुको पहिचान गरी कारोबार रोक्का गर्ने लगायतका कारवाही प्रक्रिया अघि बढाइएको उल्लेख गरे ।
एक सातायता काठमाडौं उपत्यका भित्रको बजार अनुगमनको कामलाई तीव्रता दिएको विभागले मंगलबारदेखि स्वास्थ्य क्षेत्र, फलफूल र तरकारी बजारको अनुगमनलाई पनि तीव्रता दिने योजना बनाएको छ ।
गत जेठ २३ गतेबाट बजार अनुगमनको कामलाई विभागले तीव्र गतिमा अघि बढाएको छ । अनुगमनको क्रममा दोषी भेटिएका केहीलाई भने कारवाहि प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक दाहालले बताए । विभागले हालसम्म ४५ वटा मासु पसल र बधशालाको अनुगमन गरेको छ । त्यसैगरी २ सय ४७ वटा यातायातका साधनको समेत अनुगमन गरिएको छ ।
विभागले जनताका दैनिक आपूर्तिका साधनहरुमा विशेष जोड दिएर अनुगमनको कामलाई तीव्रता दिएको छ । जस अनुसार हालसम्म ४ सय ५३ वटा ठाउँमा अनुगमन गरिएको छ । विभागले व्यवसायीहरुलाई उपभोक्ता हित विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "जथाभावी भाडा लिने सवारी साधन कडा निगरानीमा"
Post a Comment