खाडी क्षेत्रको समस्या सुल्झाउन कुवेत सक्रिय ! खाडीका विभिन्न एअरपोर्टमा यात्रु अलपत्र खाडिमा हुने नेपालीहरुले यो न्युज अबश्य पढ्नुहोला र धेरै भन्दा धेरै शेर गरी सबै लाई

भिडियो सहित हेर्नुहोस !
Advertisement
शत्रु सिया राष्ट्र इरानको प्रशंसा गरेको र सुन्नी अतिवादी संस्था मुस्लीम ब्रदरहुडलाई समर्थन गरेको आरोपमा हिजो देखि साउदी अरब लगायतका छिमेकी राष्ट्रहरुले कतार संग कुटनीतिक सम्बन्ध विच्छेत गरेका छन् ।

तर कतारले भने कथित रुपमा इस्लामिक स्टेट वा कुनै प्रकारको चरमपन्थीको समर्थन गरेको आरोप अस्विकार गर्दै यो कदमलाई अन्यायपूर्ण र अनुचित बताएको छ र एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकतामा खलल पुर्याएको भन्दै कतारको विदेश मन्त्रालयले हिजो विज्ञप्ती जारी गरिसकेको छ ।

के के भयो हिजो देखि ?

सोमबार, बिहान ५ः५०
आतंकवादको समर्थन गरेको भन्दै सबैभन्दा पहिला हिजो बहराइनको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै कतार संगको कुटनीतिक सम्बन्धको अन्त्य गरेको थियो । साथै मन्त्रालयले कतारमा रहेका आफ्ना कुटनितिज्ञहरुलाई ४८ घन्टा भित्र स्वदेश फिर्ता बोलाएको थियो र आफ्नो देशमा भएको कतारी कुटनितीज्ञहरुलाई पनि सोही निर्णय सुनाएको थियो ।

६ बजे
साउदी राज्य बाटै सञ्चालित साउदी प्रेस एजेन्सीले आतंकवाद संगको संग्लनता भएको आरोप लगाउँदै कतार संगको सम्बन्ध बिच्छेद गरेको वक्तव्य जारी गर्यो ।

त्यस्तै साउदीले एमनमा जारी द्धन्द बाट कतारी सेनाको उपस्थीतीलाई पनि हटाएको छ । कतार न्यूज एजेन्सी ह्याक भएदेखि नै साउदी र कतारको सम्बन्ध चिसीएको थियो ।

६ः१०
युएई र इजिप्टले पनि लगत्तै कतार संगको कुटनीतिक सम्बन्धको अन्त्य गरेको आ आफ्नै देशको संञ्चार माध्यमहरुबाट घोषणा गर्यो ।

८ः३५
इतिहाद एयरवेजले आज मंगलबार बाट कतार संगको सम्पूर्ण आउने जाने उडान बन्द गर्ने सुचना प्रकाशित गर्यो । कुनै कारण नदेखाइ एयरवेजले अर्को सुचना प्रकाशित नहुन्जेल उडान बन्द गर्ने सुचना दियो ।

९ः५५
कतारको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै कतारले कथित रुपमा इस्लामिक स्टेट वा कुनै प्रकारको चरमपन्थीको समर्थन गरेको आरोप अस्विकार गर्दै यो कदमलाई अन्यायपूर्ण र अनुचित बताएको छ र एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकतामा खलल पुर्याएको भनेको छ ।

१०ः००
अमेरिकी दुत रेक्स टिल्लरसनले सिड्नीमा सञ्चार माध्यमहरु संगको अन्तरक्रियामा गल्फ राष्ट्रहरु एक हुन पर्ने बताउनुभयो । कतारमा मध्यपूर्व कै सबैभन्दा बढी अमेरिकी सैनिक छन् ।

१०ः२०
दुबईको इमिरेट्स एयरलाइन्सले कुटनीतिक सम्बन्धको समस्या देखाउँदै आफ्नो वेबसाइट मार्फत कतार संगको सबै उडान बन्द गर्ने सुचना प्रकाशित गर्यो ।

१ः३०
साउदी बोर्डरमा कतार प्रवेश गर्न लागेका ट्रकहरुको लाइन लागेको समाचार आएको केही बेरमै साउदी यतायत अधिकारीले कतार संगको जल,स्थल र हवाई मार्ग बन्द गरेको स्पष्ट पारे ।

२ः३०

लिबियामा रहेका तीन प्रतिपक्ष सरकार मध्ये खलिफा हफ्तार द्धारा सन्चालित हफ्तारले आतंकवाद संगको मेलमिलापको कारण देखाउँदै सम्बन्ध तोडेको घोषणा गर्यो ।

३ः१०

इजिप्टले कतारी कुटनीतिज्ञहरुलाई ४८ घन्टा भित्र देश छोड्न आदेश सुनायो र आफ्ना कर्मचारीहरुलाई दुई दिन भित्र स्वदेश फर्कन सुचना दियो ।

३ः१४

माल्दिभ्सले पनि आतंकवाद संगको संग्लङ्गनताको कारण देखाउँदै सम्बन्ध तोडेको घोषणा गर्यो ।

३ः३०

इरानले कतारको समर्थन गर्दै विदेश मन्त्रालयको वेबसाइट मार्फत निश्पक्ष वार्ताको आव्हान गर्यो भने बढ्दै गरेको छिमेकीहरुको समस्याले खाडी क्षेत्रको सबै राष्ट्रमा असर पुग्ने विज्ञप्थी जारी गर्यो ।

३ः३०

युएईमा रहेको फुजैरह बन्दरगाहमा कतारी जहाजहरुलाई प्रवेशमा रोक लगाएको जानकारी दियो ।

४ः००
इरान बाट खाधान्न बोकेको जहाज कतारमा पठाईयो । जहाज १२ घन्टा भित्र कतार पुग्ने युनियनका प्रमुख रेजा नौरानीले खबर दियो । श्रोत:QNKhabar News

अरबको आकाशमा अब उड्ने छैन कतारी विमान, यस्तो हुनेछ असर
जेठ २३ – इजिप्ट र साउदी अरबले कतारी विमानमाथि आफ्नो हवाई क्षेत्रमा उडान भर्नका लागि प्रतिबन्ध लगाएको छ ।

योभन्दा पहिले कतारमाथि अतिवादीलाई बढावा दिएको आरोपमा ६ अरब देशले उक्त देशसँग आफ्नो कूटनीतिक सम्बन्ध तोडेको छ । यसमा साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्स (यूएई) समावेश छन् ।

साउदी अरब, यूएई, इजिप्ट र बहराइनबाट कतारका लागि हवाई, जमिन र समुन्द्री बाटो बन्द गरिएको छ ।

यता कतारले कथित रुपमा इस्लामिक स्टेट वा कुनै प्रकारको चरमपन्थको समर्थन गरेको आरोप अस्विकार गर्दै यो कदमलाई ‘अनुचित’ बताएको छ ।

यो घटनालाई अमेरिकाको साथी भनिने शक्तिशाली खाडी मुलुकका बिच एक ठूलो चिराको रुपमा हेरिएको छ । अरब देशले खाडी मुलुकहरु र छिमेकी मुलुक इरानका बिच बढिरहेको तनावका बेला यस्तो निर्णय लिएको हो । केही समय अघि अरब यात्रामाथि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि चरमपन्थलाई प्रसय दिएको आरोप लगाएका थिए ।



तर हजयात्रीलाई रोकिने छैनः

बहराइन, साउदी अरब र यूएईले मिलेर कतारसँग आउने जाने सबै बाटो बन्द गरेर कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको हो ।

उनीहरुले आफ्नो देशमा रहेका कतारी नागरिक र पर्यटकलाई दुई हप्तामा आफ्नो देश फर्किन आदेश दिएको छ । तीन देशले आफ्ना नागरिकलाई पनि कतार जान प्रतिबन्ध लगाएको छ ।

यूएई र इजिप्टले कतारका कूटनीतिज्ञलाई देश छाड्नका लागि ४८ घण्टाको समय दिएको छ । यता साउदी अरबले एक कदम अगाडि बढेर कतारको प्रभावशाली अल जजिरा टेलिभिजन च्यानलको स्थानीय अफिस पनि बन्द गराएको छ ।

यद्यपी, साउदी अरबले् कतारका हज यात्रीमाथि भने प्रतिबन्ध नलगाउने स्पष्ट गरेको छ ।

इजिप्ट, यमन, लिबिया र माल्दिभ्सले पनि पछि निर्णयको अनुसरण गरेको छ ।

हवाई रोकको असरः

साउदी अरबको सिभिल एभिएसन प्रशासनले कतारको विमानमाथि आफ्नो हवाई अड्डामाथि ल्याण्ड गर्ने र आफ्नो वायुक्षेत्र नाघ्न पनि प्रतिबन्ध लगाएको छ ।

इजिप्टले पनि कतारबाट आउने उडानका लागि ढोका बन्द गर्दै दुबै देशबिचको उडान मंगलबार ४ बजेबाट अर्को सूचना जारी नभएसम्म रोकिने जानकारी दिएको छ ।

बहराइनको गल्फ एयर, इतिहाद एयरवेज र इमिरेट्ससमेत प्रभावित देशका थुप्रै एयरलाइन्स कम्पनीले मंगलबार बिहानबाट कतारको राजधानी दोहाबाट आवत–जावत गर्ने उडानलाई रद्द गर्दैछ ।

नेशनल एयरलाइन्स र कतार एयरवेजले पनि साउदी अरबको उडानलाई रद्द गरेको छ ।

बीबीसीका साइमन एटकिंसनका अनुसार उडानमाथि रोक एयरलाइन्सका लागि ठूलो समस्या पैदा गर्न सक्छ । उनीहरुले फ्लाइटको रुट परिवर्त गर्नुपर्ने हुन्छ जसका कारण उडानको समय बढ्न सक्छ ।

कतारमा मानिसहरु खाना र पानी जम्मा गर्न थालेको बताइन्छ किनभने खाद्य उत्यादन र आयातका लागि कतार साउदी अरबमाथि निकै निर्भर छ । कतारको करिब ४० प्रतिशत खाना छिमेकी खाडी देशबाट आउने गरेको बताइन्छ ।

इरानका एक अधिकारीले फोर्स न्यूज एजेन्सीसँग इरान समुन्द्रमार्फत १२ घण्टाभित्र कतारसम्म खाना पुर्याउने सक्षम भएको जानकारी दिएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "खाडी क्षेत्रको समस्या सुल्झाउन कुवेत सक्रिय ! खाडीका विभिन्न एअरपोर्टमा यात्रु अलपत्र खाडिमा हुने नेपालीहरुले यो न्युज अबश्य पढ्नुहोला र धेरै भन्दा धेरै शेर गरी सबै लाई "

Post a Comment