भिडियो सहित हेर्नुहोस !
Advertisement
साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स्, बहराइन, इजिप्ट लगायतका आफ्ना छ छिमेकी राष्ट्रहरुसंग कतारको तनावपूर्ण सम्बन्ध न्यून विन्दूमा झरेको छ।
दोहास्थित सरकारलाई दबाब दिने उद्देश्यले चालिएको कदममा कतारका ती छिमेकीहरुले उसंगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुका साथै सिमाना पनि बन्द गरिदिएका छन्।
बीबीसी अरेबिकका आमिर रवाशले यो नयां कुटनीतिक संकट पछाडीका कारणहरु खोतल्ने प्रयास गरेका छन्।
मुस्लिम ब्रदरहुड
कतार र उसका गल्फ कोअपरेशन काउन्सिलका सदस्य छिमेकीहरुले ‘अरब बसन्त’ भनिएको त्यस क्षेत्रमा फैलिएको आन्दोलनको लहरपछिका राजनीतिक परिवर्तनका बेला परस्पर विरोधी पक्षलाई समर्थन गरेका थिए।
दोहाले केही राष्ट्रहरुमा राजनीतिक फाइदा लिएका इस्लामवादीहरुलाई समर्थन गरेको ठानिएको थियो।सो समूह हाल इजिप्टमा प्रतिबन्धित छ।
साउदी अरेबिया र युएइले मुस्लिम ब्रदरहुडलाई “आतंकवादी” संगठन मान्ने गर्छन्।
सरकारी साउदी प्रेस एजेन्सीले जारी गरेको एउटा वक्तव्यमा कतारमाथि “सो क्षेत्रलाई अस्थीर तुल्याउने उद्देश्यले मुस्लिम ब्रदरहुड, डाएश भनेर चिनिने आइएस र अलकायदाजस्ता विभिन्न आतंकवादी र साम्प्रदायिक समूहहरुलाई सहयोग गरेको” आरोप लगाइएको छ।
तर कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने रियाध, अबुधाबी र मनामाले चालेका कदम “औचित्यहीन र आधारहीन तथा अप्रमाणित आरोपहरुमा आधारित” भनिएको छ।
सो वक्तव्यले कतार “जीसीसीको बडापत्रप्रति प्रतिबद्ध रहेको र आतंकवाद तथा अतिवाद विरुद्धको संघर्षमा आफ्नो कर्तव्यको पालना” गरिरहेकोमा जोड दिएको छ।
इरानसंगको सम्बन्ध
वर्तमान संकट कतारका अमिर शेख तामिम बिन हमाद अल-थानीले इरानप्रति अमेरिकी शत्रुताको आलोचना गर्दै टिप्पणी गरेका भन्ने विवरणहरु सहितको एउटा विवादास्पद प्रतिवेदन सार्वजनिक भएपछि आरम्भ भएको देखिन्छ।
कतारका अनुसार ह्याकरहरुले त्यस्तो झुठो टिप्पणीहरु देशको सरकारी समाचार एजेन्सीमा प्रकाशित गरिदिएका थिए।
कतारको एउटा प्रमुख प्रतिद्वन्द्वी साउदी अरेबियाले लामो समयदेखि नै त्यस क्षेत्रमा तेहरानको उद्देश्यहरुप्रति चिन्ता व्यक्त गर्दै आएको छ।
साउदी वक्तव्यले दोहालाई ” कतिपय क्षेत्रमा सकृय इरान समर्थित आतंकवादी समूहका गतिविधिलाई सघाएको” आरोप पनि लगाएको छ, जुन पूर्वी साउदी अरेबियास्थित शिया बहुल क्षेत्र हो।
यमनका हुथी विद्रोहीहरुलाई पनि समर्थन गरेको आरोप कतारमाथि लगाइएको छ।
यमनमा भएको साउदी नेतृत्वको कार्वाहीमा सहभागिता जनाएको दोहाले भनेको छ, उसले अन्य देशका सार्वभौमसत्ताको सम्मान गर्छ र तिनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "किन टाढिए कतारका छिमेकीहरु? यस्ता रहेछन कारण हरु एक चोटी अबश्य पढ्नुहोला र शेर गरी कतार मा भएका नेपाली सामु पुराउनुहोला"
Post a Comment