भिडियो सहित हेर्नुहोस !
Advertisement
मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसंग स्पष्टीकरण माग गरेको छ ।अस्पतालले घाइतेको उपचारमा वेवास्ता गरेको खवर पाए लगत्तै स्वास्थ्य मन्त्री गगन कुमार थापाले तत्काल कारवाही अघि बढाउन मन्त्रालयका अधिकारीलाई आज विहानै निर्देशन दिएका हुन् । पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधार सहित स्पष्टीकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।
संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बन्चीत गरिने छैन भन्ने संवैधानिक व्यवस्था विपरित त्यहाँका चिकित्सकहरुले घाइतेहरुलाई आकस्मिक सेवा नदिएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अत्यावश्यक सेवा संचालन ऐन २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउमा बन्द हडताल गर्न नपाईने भएकाले उनीहरुले कानुनको उलंघन गरेको मन्त्रालयको ठहर छ । संवैधानिक तथा कानुनी दायित्व उल्लघन गरेकाले त्यस संस्थालाई किन खारेज नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण पत्रमा मणिपाल शिक्षण अस्पतालसँग जवाफ माग गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "पोखराको मणिपाल अस्पताललाई खारेज गर्ने मन्त्री थापाको चेतावनी"
Post a Comment