सायद २ को ‘पहिलो प्रेम…’ सार्वजनिक

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २९ जेठ । चलचित्र सायद २ को ‘पहिलो प्रेम…’ बोलको गीत सार्वजनिक गरिएको छ । आउँदो असार ३० गतेबाट प्रदर्शनमा आउन लागेको सायद २ को सो बोलको गीत युट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हो ।

सो फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे सुनिल रावल लगायतले अभिनय गरेका छन् । यो सायद फिल्मको सिक्वेल हो ।

दुर्गेश फिल्मको व्यानरमा निर्माण भएको यो फिल्मलाई पुष्पराज टि न्यौपानेले निर्देशन गरेका हुन् । यसको निर्माता सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछाने हुन् ।

फिल्ममा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन र अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्मको कथा सुनिल रावलले लेखेका हुन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "सायद २ को ‘पहिलो प्रेम…’ सार्वजनिक "

Post a Comment