भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, देउवा र मोदीले संयुक्त अरुण तेस्रोको शिलान्यास गर्ने

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्न नेपाल आउने भएका छन् । यद्यपी यसको अन्तिम निर्णय भने भइसकेको छैन ।

भारत सरकारको लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबाट गराउने तयारी एसजेविएन अरुण थर्ड हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गरिरहेको छ । उक्त कम्पनी पनि भारत सरकार स्वामित्वको हो ।

संखुवासभामा हुने उक्त आयोजनाको शिलान्यास दुई प्रधानमन्त्रीबाट गराउन प्रारम्भिक छलफल भइरहेको बताइएको छ । तर, यसको अन्तिम निर्णय भने प्रधानमन्त्री देउवाले गर्ने भारत भ्रमणका क्रममा हुने बताइएको छ ।

संविधान जारी लगत्तै नेपालमा लगाएको नाकाबन्दीका कारण निकै आलोचित बनेका मोदी नेपाल आइहाल्ने सम्भावना पनि उत्तिकै कम रहेको बताइन्छ । प्रधानमन्त्री बने लगत्तै नेपाल भ्रमण गरेर निकै लोकप्रिय बनेका मोदी नाकाबन्दीपछि नेपालको नागरिकस्तर निकै आलोचित छन् । यद्यपी उक्त कम्पनीले भने मोदीलाई नेपाल ल्याउने तयारी भने गरिरहेको छ ।

कुल एक खर्ब १६ अत्र्र रुपैयाँको लागत लाग्ने अनुमान गरिएको उक्त आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, देउवा र मोदीले संयुक्त अरुण तेस्रोको शिलान्यास गर्ने"

Post a Comment