कुख्यात अपराधी चार्ल्स शोभराजको मुटु चिरियो

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौँ । कुख्यात अपराधी चार्ल्स शोभराजको मुटुको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । शोभराजको मुटुको भल्भमा समस्या देखिएपछि गत शुक्रबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो।
अन्तर्राष्ट्रियस्तरमै मस्ट वान्टेड अपराधीका रूपमा परिचित शोभराजको मुटुको अपरेशन डा. रामेश कोइरालाको टोलिले गरेको हो । उनको अपरेशन गर्न झण्डै तीन घण्टा लागेको अस्पतालले जनाएको छ।

७३ वर्षीय शोभराजले शुरुमा अपरेशन गर्न मानेका थिएनन् । पछि फ्रान्सकै डाक्टरहरूसँग सल्लाह गरेर उनी अप्रेसनका लागि तयार भएका थिए । बिकिनी किलरको नामबाट विश्वभर परिचित शोभराज १३ बर्षदेखि केन्द्रिय कारागार सुन्धारामा बन्दि बनेका छन् । शोभराजलाई विभिन्न मुलुकमा २० जनाभन्दा बढी मानिसको हत्या गरेको आरोप लाग्दै आएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कुख्यात अपराधी चार्ल्स शोभराजको मुटु चिरियो"

Post a Comment