ट्रम्प राष्ट्रपती भएको पाँच महिनापछि श्रीमती र छोरा ह्वाइटहाउस प्रवेश

भिडियो सहित हेर्नुहोस !
Advertisement


वासिङ्टन । अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्प तथा छोरा बरोन ह्वाइटहाउस प्रवेश गरेका छ । ट्रम्पले राष्ट्रपति पद सम्हालेको ५ महिनापछि मेलानिया र बरोन ह्वाइटहहाउस आएका हुन् ।
मेलानिया र ११ बर्षे छोरा शैक्षिक बर्ष नसकिउन्जेल न्यूयोर्क नजिकै बस्दै आएका थिए ।

राष्ट्रपती परिवारको यो निर्णयलाई कतिपयले आश्चर्यको रुपमा पनि हेरेको थिए । किनकी मेलानिया नै फस्ट लेडी हुन् जसले आफ्ना पति राष्ट्रपति हुनेवित्तिकै परिवारको बसाई राजधानी सारिनन् ।

यसअघि बाराक ओबामा राष्ट्रपति हुने बित्तिकै उनकी श्रीमती मिचेल ओबामा छोरीलाई नयाँ स्कुलमा सार्न वासिङ्टन पुगकी थिइन् ।

फस्ट लेडी मेलानियाले ह्वाइटहाउस प्रवेश गरेको ट्विटमार्फत सार्वजनिक गरेकी थिइन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "ट्रम्प राष्ट्रपती भएको पाँच महिनापछि श्रीमती र छोरा ह्वाइटहाउस प्रवेश"

Post a Comment