धरानतर्फ गुडेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु (घटनास्थलको फोटोसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


तरहरा। इटहरीबाट धरानतर्फ जादै गरेको को ४ प ९७१८ नम्बरको मोटरसाइकल विपरित तर्फबाट आएको बस आपसमा जुधेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकल ना ४ ख ७८३४ नम्बरको बससँग जुधेको हो। तरहराको पानीपियामा दिउसो करिब १ बजे दुर्घटना भएको हो।
मोटरसाईकलका चालक ताप्लेजुङ फाकुम्बा ८ बस्ने ४१ बर्षीय दल बहादूर लिम्बु रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थाका उनलाई धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

बसका चालक झापा जलथल ७ बस्ने २७ बर्षीय कमल बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "धरानतर्फ गुडेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु (घटनास्थलको फोटोसहित)"

Post a Comment