दक्षिण कोरियामा एक नेपालीलाई पर्‍यो रु ३० लाखको लोट्टो चिठटा

भिडियो सहित हेर्नुहोस !
Advertisement


इपिएस छिङु !

दक्षिण कोरियामा प्राय दुखद खबर सुन्नु पर्दा र हामिलाई लेख्नु पर्दा सार्है दुख लाग्छ जुन स्वाभविक हो । तर आज भने एउटा सुखद खबर छ । इपिएस प्रणाली अन्तर्गत रोजगारको सिलसिलामा २ बर्ष अगाडी कोरिया आउनु भएको मिलन विश्वकर्मलाई कोरियामा खोलिने नानुनको लोट्ट्री परेको छ ।



उहाले गत हप्त खोलिएको लोट्टोमा दोश्रो,तेस्रो,चौथो र पाचौ पुरशकार जित्न सफल हुनु भएको हो । उहाले दोश्रो पुरश्कार बाफत झन्डै ३ करोड ८० लाख ७९ हजार ९९० कोरियन वोन प्राप्त गर्नु भएको छ । उहा हाल फोहाङमा एउटा मोल्ड प्लास्टिक कम्पनिमा कार्यरत हुनुहुन्छ । उहा सँग सँगै अरु ६७ जनाले दोश्रो पुरस्कार हात पार्न सफल हुनु भएको छ । उहाले सबै करहरु तिरेर झ्ण्डै नेपाली रु ३० लाख जती पाउनु भएको छ । विगत ६,७ महिना देखी लोट्टो काट्दै आउनु भएको मिलन विश्वकर्माले यो पल्टक आफैले ल्क्की अन्कहरु छान्नु भएको रहेछ ।









उहालाई लोट्टो पर्दा रात्री कालिन ड्युटिमा , कम्पनीमा काम गर्दै गर्नु भएको रहेछ । लोट्टो पर्दा कामनै छोडेर कोठा जान मन भएको तर राती कम्पनिको जिम्मा आफ्नैमा हुने भएकोले गर्द भोली पल्ट लोट्टो साट्न जानु भएको थियो । सुरुमा लोट्टो पर्दा एउटाै कम्पनिको साथी पवन घिमिरे लाई सुनाउनु भएको रहेछ । साथी पवनको सलाह बमोजिम आफुले आफैलाई समाल्न नसकिरहेको मिलन लाई पवानको साथमा उकत ठाउमा रहेको नोङ ह्यप बैंक / कृषी बैंक बाट रकम प्राप्त गरी नेपाल पठाउन सफल हुनु भइ सकेको रहेछ । उहाले सबै करहरु कटाएर झन्दै नेपाली ३० लाख रुपैया प्राप्त गर्न सफल हुनु भएको छ । उहाले जितेको रकम केहि सामजिक काममा लगाई बाकी राम्रो काममा लगाउने बताउनु भएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "दक्षिण कोरियामा एक नेपालीलाई पर्‍यो रु ३० लाखको लोट्टो चिठटा"

Post a Comment