इपिएस भाषा परिक्षाको नतिजा असार १६

भिडियो सहित हेर्नुहोस !
Advertisement


रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिनसञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय ८० परीक्षार्थी मध्ये ८० देखि ९० प्रतिशतले भाषा परीक्षा दिएको शाखाका प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।


शाखाको गल्तीका कारण २६ नम्बर परीक्षा केन्द्रमा शनिवार भने चार सय ३३ जना परीक्षार्थीले भाषा परीक्षा दिन नपाएको उहाँले बताउनु भयो l


परीक्षा दिन बन्चितका लागि शाखाले छिट्टै परीक्षा लिने तयारी पनि गरिरहेको छ । कोरियाबाट आएका परीक्षा सञ्चालक टोली पनि सकारात्मक रहेको हुँदा अबको एक सातापछि परीक्षा सञ्चालन हुने गरी मिति र केन्द्र तोकिने खतिवडाले जानकारी दिनुभयो । यसबाहेक परीक्षा सञ्चालन अवधिका कुनै समस्या नआएको शाखाको भनाइ छ ।


सन् २०१८ मा कोरियामा काम गर्न जानका लागि १० हजार २ सयले अवसर पाउने छन् । जसमा ६ हजार दुई सय कृषि र ४ हजार उत्पादनमा काम गर्ने गरी कोरियान जाने शाखाले जनाएको छ । परीक्षाका लागि ७५ हजार ५ सय ८० ले आवेदन दिएका थिए । जसमा परीक्षार्थी ९ हजार ७ सय ९६ महिला परीक्षार्थी र ६५ हजार ७ सय ८४ पुरुष परीक्षार्थी छन् ।


यसैगरी कृषिमा ५१ हजार २ सय २ र उत्पादनमा २४ हजार ३ सय ७८ जनाले आवेदन दिएका थिए । शाखाले २६ वटा परीक्षा केन्द्रमा विहान ८ बजेर दिउँसो १२ बजे गरी दुई सिफ्ट लिएको थियो ।


परीक्षा सञ्चालनका लागि कोरिया ५५ जनाको टोली नेपालमा आएका थिए । सन् २००८ देखि अहिलेसम्म ४४ हजार भन्दा बढी युवा कोरिया पुगिसेका छन् ।
अन्नपूर्ण पोष्ट

-
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "इपिएस भाषा परिक्षाको नतिजा असार १६"

Post a Comment