जेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement
स्वीजरल्याण्डको जेनेभास्थित राष्ट्र संघको मुख्यालयमा जारी १०६औ अन्तर्राष्ट्रिय मजदुर सम्मेलन आइएलओमा इपिएस खारेजको माग जोडदार रुपमा प्रस्तुत गरिएको छ । कोरियामा क्रियाशिल प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले इपिएस खारेजको माग प्रस्तुत गर्नु भएको हो ।

जुन ४ देखि सोह्र सम्म हुने आइएलओको बैठकमा अध्यक्ष राईले कोरियामा इपिएस खारेज गरी डब्लुपिएस लागू गर्नुपर्ने, मजदुर तीन अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग प्रस्तुत गर्नु भएको छ । विभिन्न मुलुकका मजदुर संगठनका प्रतिनिधी सहभागी रहेको सो बैठकमा कोरियाको काम र मजदुरको अवस्थाका बारेमा दुइ पटक छलफल समेत भइसकेको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा कोरियाबाट कोरियाको सवैभन्दा ठुलो मजदुर संगठन केसिटियूका विदेश विभाग प्रमूख मिकयुङ र्यू र एमटियूका अध्यक्ष राईले सहभागिता जनाउनु भएको छ । अध्यक्ष राई प्रवासी मजदुरको प्रतिनिधित्व गर्दै कोरियाबाट अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सम्भवतः पहिलो नेपाली समेत हुनुहुन्छ । 

दुइ पटकको छलफलमा अध्यक्ष राईले इपिएस प्रणालीका कारण कोरियामा प्रवासी मजदुरले भोग्नुपरेको पिडा, भेदभाव र त्यसबाट उत्पन्न समस्याका बारेमा सहभागी राष्ट्रका प्रतिनिधीलाई जानकारी गराउनु भएको छ । यद्यपी विभिन्न मुलुकबाट कामदार ल्याउने हकमा भने इपिएस प्रणाली राम्रो भएको र यसलाई निरन्तरता दिनुपर्ने पक्षमा एमटियू रहेको छ । कामदार छनौटमा उत्कृष्ट माध्यम भएपनि कोरियामा लागू गरिएको इपिएस प्रणाली मालिक मैत्री भएको दाबी एमटियूको छ । मालिक मैत्री भएका कारण यहाँ कार्यरत प्रवासी मजदुर काम जस्तो कठिन या अनुच्छुक भएपनि काम गर्नुपर्ने बाध्यता एकातर्फ छ भने समयमै तलब नपाउने, न्यूनतम आवास र खानाको सुविधा नभएको, श्रम शोषण, दुव्र्यवहार लगायतका समस्या मजदुरले भोग्नुपर्ने अवस्था छ । जसका कारण औद्योगिक दुर्घटना, डिप्रेसनमा परेर आत्महत्या जस्तो बाटो केहि मजदुरले समातेको ठहर पनि एमटियूको छ ।
आइएलओ सम्मेलनमा राईले डब्लुपिएस लागू गरिए मजदुरले स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने, आफ्ना अधिकार लागि लड्न पाउने, आफुले गर्न सक्दाको समय सम्म काम गर्न पाउने र विभिन्न खाले समस्या निकारण हुनु तर्क समेत राख्नु भएको छ । सम्मेलनमा आइएलओले कोरिया सरकारको प्रतिनिधीलाई समेत आमन्त्रण गरेको छ । जसका कारण मजदुरका प्रतिनिधीले राखेका मागहरु पुरा गर्न कोरिया सरकारलाई थप दबाब पर्ने छ ।
- See more at: http://hellonepalkorea.com/index.php?pg=detail&type=news&id=19736#sthash.pb8FY8kI.tK4LXTlz.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "जेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत - See more at:"

Post a Comment