कोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


दक्षिण कोरियामा फेरि एक नेपालीको औधोगिक दुर्घटनामा ज्यान गएको छ । ख्यंगिदो पुछन सुगुरी स्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्बत का राजकुमार बिकको शुक्रबार दुर्घटनामा परि ज्यान गएको हो l




संगै कम्पनीमा कार्यरत नेपाली साथिका अनुसार ३ बर्ष अघि कोरिया प्रवेश गरेका २८ बर्षिया बिकको काम गर्दा गर्दै दुर्घटनामा परेर मृत्यू भएको हो । उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । कम्पनी मालिकलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको बताइएको छ l


घटना बारे अनौपचारिक जानकारी आएको भएपनि औपचारिक जानकारी आइनसकेको सोल स्थित नेपाली दुतावासका उपनियोग प्रमुख किरण शाक्यले हेल्लो नेपाल कोरिया डट कम लाइ बताउनु भयो l


कोरियामा १ हप्तामै २ जना नेपालीले ज्यान गुमाएका छन् l केहि दिन अघि मात्र गोर्खाका सुनिल अधिकारीले झुण्डिएर आत्महत्या गरेका थिए । पछिल्लो समय कोरियामा दुर्घटनामा , आत्महत्या गर्ने तथा सुतेकै अबश्थामा मृत्यु हुने क्रम बढेको छ ।

बिस्तृत जानकारीको लागि हेल्लो नेपाल कोरिया डट कम हेर्दै गर्नु होला

- See more at: http://hellonepalkorea.com/index.php?pg=detail&type=news&id=19726#sthash.n7zZ0NiX.IkCwSUCr.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन - See more at: "

Post a Comment