हिम्मत राखेर मात्र आउनुहोस ,कुखुराको मुटु बोकेर आउने ठाउँ होइन कोरिया - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


एकदिन अवश्य मर्नुपर्छ याे पुरानाे साेच हाे।
मर्न अघि केही गर्नै पर्छ याे नयाँ साेच हाे।
नयाँ साेचका साथ बाँच्नुस्, जिन्दगि सुन्दर छ।

केहिदिन अघि फेसबुकमा नेपालबाट साथीले अभिवादन टकारे ‘नमस्ते’ । मैले सहर्षस्वीकार्दै उत्तर बुझाएँ ‘नमस्ते, नमस्ते’ सञ्चै ? दुवैतर्फबाट सञ्चो विसञ्चोको औपचारिकता पुरा भयो । मैले आत्मीयता साँधेर आफ्नो काेरिया बसाईको वास्तविक यथार्थता बताएँ-‘ठीकै छ, व्यस्त छु, यस्तै-यस्तै छ जिन्दगीको यात्रा ।’ कुराकानीको क्रम चल्दै जान्छ । उसले कमाई धमाईका पाटो कोट्याउँछ । उत्सुकताका साथ धेरै कुराको सोधनी हुन्छ । मैले वास्तविकताको धरातल टेकेरै वास्तविकता नै बताउने कोशिस गर्दछु । तर उसले पत्याए पो – न त मेरो कुरा नै पत्याउँछ न त आफ्नो काेरियाप्रतिको धारणा नै परिवर्तन गर्दछ । जति नै सुकै वास्तविकता बताए पनि उसले पत्याउने जमर्कोसम्म गर्दैन । उल्टै उसले मलाई काेरिया गएर सेटल भएर आफूलाई वास्ता नगरेको गुनासो पोख्छ । भनिन्छ ‘नमरी स्वर्ग देखिंदैन’ । उसले सोच्दो हो वाह ! क्या छ फलानोको जिन्दगी, काेरिया गएको छ । २/४ सालै भयो, पैसा पनि कमाएको होला । जग्गा जमीन किनिसक्यो होला – घर पनि बनायो कि ? काठमाण्डौ या त अन्तै कतै ? यस्तै यस्तै उसको सोचाई । मैले कल्पनामा पनि नबनाएको महल वास्तविकतामा बनाइदिन्छ उसले । तर उसलाई के थाहा काेरियामा कति गाह्रो छ भनेर ! म जहाँ यही बसेर भोगेको छु, देखेको छु अनि अनुभव गरेको छु त्यो वास्तविकता उसलाई भनेर पनि कुनै हालतमा पत्याउन मञ्जुर छैन उ । हो त रेहछ आखिर ‘नमरी स्वर्ग देखिन्न ।’
यो विदेश हो, जे भए पनि आखिर यो विदेशै हो । आफ्नो भन्ने कोही हुँदैन । आफ्नो लागि सबथोक आफैले गर्नुपर्छ । काेरिया आएर केही वर्ष विताउनु भएकाहरुले भोग्नु भएकै होला, कतिले भोग्दै हुनुहुन्छ र कतिले भोग्दै जानुहोला । तर एक दिन जोतेर तीन दिन हल्लिन पाइने आफ्नै गाउँघर अर्थात नेपालजस्तो त हुँदै होइन काेरिया । न त विरामी पर्दा सजिलै मनतातो पानी र आँटो पाइने ठाउँ हो काेरिया । हो, अहिले यति कुरा भन्दै गर्दा हिजोको दिनतिर फर्कने हो भने मैले पनि नेपालमा त्यस्तै खाले दिनहरु विताएको छु । अल्छी लाग्यो भनेर जोत्दा जोत्दैको गोरु फुकाएर घर फिरेको पनि छु । मध्य साउनमा घरको काम बाल मतलव गरेर साथीहरुसँग फिल्म हेर्न गएको पनि छु । तर सुध्रिन चाहनेहरुको लागि र विग्रेर हिड्नेहरुलाई ठेगान लगाउने ठाउँ हो काेरिया । यस अर्थमा विग्रेर हिड्नेहरु मात्रै काेरिया आउँछन् भन्ने मनसाय भने पटक्कै होइन तर नेपाल जस्तो र नेपालमा बसेर सोचेजस्तो सजिलो छँदैछैन काेरिया । आ-आफ्नो विगततिर घोत्लिने हो भने सबैले एक पटक दुःख पाएकै हुन्छ काेरियामा ।
म अाफैले पनि शुरुका दिनमा भाषा नबुझेर काेरियनकाे थप्पड सम्म खाएकाे छु।यताउता जान नसकेर काेठामा राेएर पनि बसेकाे छु। थकानले बिरामि भएर नेपाल फर्कने साेचसम्म बनाकाे छु।

कति व्यस्त र गाह्रो छ काेरिया भन्नेकुरा त्यही हो ‘व्याको गाईलाई मात्र थाहा हुन्छ’ भने झैं भोग्नेलाई मात्र थाहा छ वास्तविकता । नेपालमा आमाले पकाएर दिनुभएको खाना खाँदा तरकारीमा नून चर्को भयो भनेर खाना बसेको भागै छाडेर हिंडेजस्तो होइन काेरिया । ‘बुवा तपाईलाई फोन गरिरहेछु, निद लागिरहेको छ, पाउरोटी खाइरहेको छु । आँखाबाट आँसु झरिरहेछ । सरी बुवा ! मेरो कलेजलाई यसपटक फि तिर्दा पैसा सबै सकियो व्याज तिर्ने पैसा अर्को महिना पठाउँला, साहु बालाई यही कुरा भनिदिनुस्’ भनेर नेपाल फोन गर्ने विधार्थि साथीहरु अझै काेरियामा सुनौलो भविष्यको गोरेटोमा लम्किरहनुभएको छ । हो सुनौलो सपना देखेर काेरिया आएको त्यही सुनौलो सपनाका लागि नै हाडछाला घोटिरहेका छन् । काेरिया आएर संघर्षका उकाली चढ्न खोज्नेहरु यो उकाली उक्लेर भञ्ज्याङ्गमा पुगेपछि उतापट्टकिो संसार छुट्टै र रमाइलो हुन्छ भन्ने कुरा कहिल्यै विर्सन हुँदैन भन्ने लाग्दछ र यही कुरा काेरियामा सफलता हात पारेका अग्रजहरु बताउनुहुन्छ । अहिलेका नयाँ साथिहरु काेरिया आएर काेरियालाइ नै सक्दो सत्ताेसराप गर्ने अनि काेरिया छाडेर नेपाल फर्कन पनि नसक्ने धेरै देखिन्छन । हरेक समय उनीहरु एउटै कुरा भन्छन् ‘तनाब छ जिन्दगी’ । त्यही तनाबले नै त मान्छेलाई संघर्ष गर्न सिकाउँछ, तिखार्छ, मस्काउँछ, चम्काउँछ अनि पूर्ण परिपक्क मान्छे बनाउँछ । यो कुरा कदापी विर्सन हुँदैन-संघर्ष गर्नेहरु बाँच्छन् नसक्नेहरु लापत्ता भएर जान्छन्-डार्विनको सिद्धान्तजस्तो ।

यी तमाम कुराहरु पढ्दै जादा तपाईले के बुझ्नुस् भने।
काेरिया नेपालबाट देखेकाे भन्ने गरेकाे जस्ताे टन्न पैसा कमाउने थलाे पनि नसाेच्नुस्।
र अर्काे पाटा धेरैले भन्ने सुन्नेकाे गरेकाे झै कठिन गाह्राे काम हुन्छ भन्ने पनि नसाेच्नुस्।

धेरै नेपालि दाजुभाईहरु खाडि मुलुक जान नपाएर काठमाडाैका गल्लिहरुमा भाैतारिरहेका हुन्छन्।
अनि कति नेपाली दाजुभाईहरु खाडि र अरवकाे बालुवामा पानी पिउन नपाएर छटपटिदै महिनाकाे २० हजार नेपाली कमाउन बाध्य छन्।
ती कुराहरु हेर्ने हाे भने काेरियाकाे भिषा पाउनु ठुलाे अवसर र उपलव्धि हाे।
त्यसैले याे अवसर र उपलव्धिलाई अात्मासाथ गर्ने प्रयास गराै।

गाह्राे काम पर्ने हाेकि? भाषा नबुझिने हाेकि? साहु नराम्राे पर्ने हाेकि? तलव कम दिने हाेकि?? काम गर्न सकेन भने के गर्ने हाेला? घरपरिवारकाे यादले सताउने पाे हाेकि?? गर्लफ्रेण्डले छाेडेर जाने हाेकि?
यस्ता झिनामसिना कुरामा तनाव हुन्छ? भने, कुखुराकाे मुटु बाेकेर काेरिया नअाए हुन्छ।।

जहाँ पुगिन्छ, त्यहाँ अागाे फुकिन्छ। जिन्दगिकाे लडाईमा निस्केपछि सधै जितकाे लागि प्रयास गर्नुपर्छ। हारकाे कल्पना कहिल्यैपनि गर्नु हुदैन।
जिन्दगि सुन्दर छ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "हिम्मत राखेर मात्र आउनुहोस ,कुखुराको मुटु बोकेर आउने ठाउँ होइन कोरिया - See more at:"

Post a Comment