कोरियाको जेजु टापुमा काम गर्ने बिदेशी मध्ये नेपालीको संख्या सबैभन्दा उच्च - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement


कोरियाको जेजु टापुमा काम काम गर्दै आइरहेका बिदेशी कामदार हरुमध्ये नेपाली कामदारको संख्या सबैभन्दा उच्च रहेको छ l त्यहाँको स्थानीय रोजगार केन्द्र (नोदंबू ) ले प्रकाशित गरेको एक तथ्यांक अनुसार मे २५ तारिख सम्म कुल ८ सय ६० जना प्रवासी कामदार मध्ये नेपालीको संख्या २ सय ६८ रहेको छ l अबैध कामदारको संख्या भने तथ्यांकमा समाबेस नगरिएको बताएको छ l


त्यस्तै दोस्रो स्थानमा रहेकको कम्बोडियनको संख्या १ सय ६५ छ भने १ सय २० जनाको संख्यामा रहेको इन्डोनेसिया तेस्रो स्थानमा छ l अन्य देशका कामदार हरुमा म्याँग्मार ९६ भियतनाम ७६ श्रीलंका ४३ तथा ३४ जना थाईल्याण्डका कामदार हरु रहेका छन l


बैधानिक कामदारको संख्या थोरै भएपनि सन् २०१६ सम्म विश्वका ५८ देशका ९ हजार १ सय ८३ कामदार अबैधानिक रहेको जनाएको छ l जसमा अबैधानिक चिनियाँ कामदारको संख्या भने सबैभन्दा उच्च रहेको छ l


बैधानिक कामदार मध्ये २ सय १६ जना कम्पनि तर्फ छन् भने ४ सय १९ जना कृषि तथा २ सय १३ जना कामदार मत्श्यपालन तर्फ रहेको बताएको छ l

- See more at: http://hellonepalkorea.com/index.php?pg=detail&type=news&id=19702#sthash.WOyzo0eD.e5bkqUKp.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कोरियाको जेजु टापुमा काम गर्ने बिदेशी मध्ये नेपालीको संख्या सबैभन्दा उच्च - See more at: "

Post a Comment