ब्युटीपार्लरबाट फर्केकी २१ बर्षीया युवती बाटोमै बलात्कृत, महोत्तरी तनावमा ४ प्रहरी घाइते

भिडियो सहित हेर्नुहोस !
Advertisement
bannerमहोत्तरी । २१ बर्षीया एक युवती सामूहिक बलात्कारको शिकार बनेकी छन्। जिल्लाको औराही गाउँपालिकामा आइतबार साँझ करिब ८ बजेको समयमा समूहमा रहेका युवाहरूले उनीमाथि बलात्कार गरेका हुन्।

ब्युटीपार्लरबाट घर फर्किने क्रममा उनी बाटोमा युवाहरूको समूहबाट घेरिएकी हुन्। बलात्कृत अवस्थामा बेहोस भएकी उनलाई प्रहरीले उद्दार गरेको थियो।

‘राति हाम्रो प्रहरी कन्ट्रोलमा फोन आयो, टोली गएर उहाँको उद्दार गरियो,’ महोत्तरीका डिएसपी दिपक पोख्रेलले डिसी नेपालसँग भने ‘अस्पतालमा उपचार पछि अहिले उहाँ प्रहरीमै आराममा हुनुहुन्छ।’

पोख्रेलका अनुसार बलात्कारीहरू तीन-चार जनाको समूहमा थिए। शंका लागेका एकजनालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी पोख्रेलले बताए।

जनकपुर अञ्चल अस्पताल पठाइएकी पीडित युवती मेडिकल जाँच पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमै रहेकी छन्।

बलात्कार लगत्तै भाग्न खोजेका एक युवालाई स्थानीय प्रत्यक्षदर्शीले नियन्त्रणमा लिएका र प्रहरीमा बुझाएका थिए।

निष्पक्ष अनुसन्धान र दोषीलाई कारवाही माग गर्दै पीडितका आफन्त र स्थानीयले प्रहरी चौकीमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा ४ जना प्रहरी घाइते भएका डिएसपी पोख्रेलले बताए।

प्रहरीमाथि ढुंगामुढा भएलगत्तै प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो। नियन्त्रणमा रहेका युवालाई आक्रोशित भिडले समातेर आक्रमणको प्रयास गरेका कारण बल प्रयोग गर्नु परेको प्रहरी भनाइ छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "ब्युटीपार्लरबाट फर्केकी २१ बर्षीया युवती बाटोमै बलात्कृत, महोत्तरी तनावमा ४ प्रहरी घाइते"

Post a Comment