भिडियो सहित हेर्नुहोस !
Advertisement
उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन-‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’ उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए ।
वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् । वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे । भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् ।-
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "मर्नुभन्दा पहिला यी नाबालिकाले सुनाइन् अन्तिम इच्छा, बाबुआमाले आँसु थाम्नै सकेनन्"
Post a Comment